रवि र बालेनलाई पाकिस्तानका प्रधानमन्त्री शरीफको बधाई सन्देश

काठमाडौँ – शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसहित पार्टीलाई हालै सम्पन्न आमचुनावमा प्राप्त सफलताका लागि बधाई ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री शरीफले पठाउनुभएको बधाई सन्देशमा रास्वपा नेतृत्वलाई जनताबाट प्राप्त समर्थनले नेपाली नागरिकले नयाँ र गतिशील नेतृत्वप्रति देखाएको विश्वासको स्पष्ट प्रतिबिम्ब भएको उल्लेख गर्नुभएको छ।

सन्देशमा उहाँले पाकिस्ताननेपालबीच रहेको ऐतिहासिक मित्रता, सहकार्य र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। साथै आगामी दिनमा नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको उल्लेख गरिएको छ।

पाकिस्तानी प्रधानमन्त्रीको यो सन्देशलाई नेपालमा भएको हालको राजनीतिक परिवर्तनप्रति अन्तर्राष्ट्रिय समुदायको चासो र समर्थनका रूपमा समेत हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्