नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशन चैत्र ७ हुने

काठमाडौँ – नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशन आगामी चैत्र ७ गते शनिबार हुने भएको छ। यस अधिवेशनमार्फत संघको नयाँ कार्यसमिति चयन गरिनेछ। वर्तमान अध्यक्ष हरि गौतमले पुनः उम्मेदवारी नदिने घोषणा गरिसक्नु भएकाले यस अधिवेशनबाट संघले नयाँ नेतृत्व पाउनेछ। साथै अन्य पदाधिकारीहरू पनि अधिवेशनमार्फत चयन गरिनेछन्। अध्यक्ष गौतमले साधारण सभा र अधिवेशनको तयारीलाई सबैसँग सहमतिपूर्वक अघि बढाउने तथा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

संघले गरेको निर्णयअनुसार आजिवन सदस्यहरू मात्र पदाधिकारी पदमा उम्मेदवारी दिन पाउनेछन्। त्यसका लागि चैत्र १ गते घुइँचो रेस्टुरेन्टमा पूर्ण बैठक बस्ने भएको छ । यसैरी २ गतेदेखि मनोनयन दर्ता समय तोकिएको छ ।  साधारण सभा राष्ट्रिय सभा गृहको हलमा बिहान ११ बजेबाट सुरु हुनेछ, जसमा एक हजारभन्दा बढी सदस्यहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

अधिवेशनको तयारीका लागि रुवयनाथ कोइरालाको संयोजकत्वमा अधिवक्ता सहितको निर्वाचन समिति गठन गरिएको छ। साथै प्रचार–प्रसार समिति, अतिथि सत्कार समिति तथा खाना–खाजाको व्यवस्थापनका लागि विभिन्न समितिहरू पनि गठन गरिएको छ। कार्यक्रममा संस्थापक अध्यक्ष रुवयनाथ कोइराला, प्रथम उपाध्यक्ष गिरिराज पोखरेल, उपाध्यक्ष तेजप्रसाद आचार्य, महिला उपाध्यक्ष पार्वती भट्ट पौडेल, इन्दिरा लामिछाने, गण्डकी प्रदेश उपाध्यक्ष जयकृष्ण शर्मा, महासचिव दिपक सापकोटा लगायत पदाधिकारीहरू रहनेछन्।

साधारण सभा तथा अधिवेशनका प्रमुख अतिथि कमलेश कुमार अग्रवाल रहने बताइएको छ, जो नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष हुनुहुन्छ। यस अधिवेशनलाई संघको नयाँ नेतृत्व चयन गर्ने तथा आगामी योजनाहरू तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यसैगरी कार्यक्रममा युवा व्यवसायी सम्मान, सञ्चारकर्मी सम्मान, विभिन्न विधामा पदाधिकारी सम्मान, कर्मचारी सम्मान, आजिजिवन सदस्य सम्मान लगायत विज्ञापनदाताहरु सम्मान समेत गरिने भएको छ । यसैगरी संस्थाको स्मारिका विमोचन समेत सोहि कार्यक्रममा हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्