आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले अहिले देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने तराई र उपत्यकाका केही स्थानमा तुवाँलो लागेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित अन्य पहाडी भूभागमा सामान्यतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई र उपत्यकाका केही स्थानमा तुवाँलो पनि रहनेछ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्