बङ्गलादेशका प्रधानमन्त्री रहमानद्वारा नेपाललाई बधाई

काठमाडौं । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार तथा नेपाली नागरिकलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री रहमानले शुभकामना सन्देशमार्फत नेपालको लोकतान्त्रिक अभ्यासको प्रशंसा गर्नुभएको छ । उहाँले यस निर्वाचनले नेपाली नागरिकको आकाङ्क्षा, धैर्यता र लोकतान्त्रिक संस्थाहरूको मजबुती झल्काएको उल्लेख गर्नुभएको छ ।

सन्देशमा बङ्गलादेश र नेपालबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई अझ बलियो बनाउने अपेक्षा व्यक्त गरिएको छ । प्रधानमन्त्री रहमानले आगामी दिनमा दुई देशबीच व्यापार, विकास तथा क्षेत्रीय सहकार्यका क्षेत्रमा सम्बन्ध अझ विस्तार हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

बङ्गलादेशमा पनि सन् २०२४ मा विद्यार्थी आन्दोलन भएको थियो । उक्त आन्दोलनपछि गएको माघमा सम्पन्न निर्वाचनमा बङ्गलादेश नेशनलिस्ट पार्टीले बहुमत ल्याएपछि सोही पार्टीका अध्यक्ष रहमान प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई टेलिफोनमार्फत बधाई दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्