विश्वकै तेस्रो प्रदूषित शहरमा काठमाडौँ

काठमाडौं । अहिले काठमाडौँ विश्वकै तेस्रो सबैभन्दा बढी प्रदूषित शहरको सूचीमा परेको छ । वायुको गुणस्तर मापन गर्ने सूचकाङ्क अनुसार बिहान साढे ७ बजेको समयमा काठमाडौँको वायु गुणस्तर सूचकाङ्क १८९ पुगेको थियो । यस सूचीमा पाकिस्तानको लाहोर ३०६ सूचकाङ्कसहित विश्वकै सबैभन्दा प्रदूषित शहरको पहिलो स्थानमा रहेको छ भने भारतको दिल्ली २०२ सूचकाङ्कसहित दोस्रो स्थानमा छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार वायु गुणस्तर सूचकाङ्क ४० भन्दा कम हुनुपर्छ । ५१ देखि १०० सम्म सूचकाङ्क भए वायु सामान्य अवस्थाको मानिन्छ । १०१ देखि १५० सम्मलाई संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ भने १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगे खतरनाक तहमा पुगेको मानिन्छ ।

प्रदूषित हावाका कारण दम, श्वासप्रश्वाससम्बन्धी रोग, मुटुरोग तथा क्यान्सरजस्ता गम्भीर रोगको जोखिम बढ्ने चिकित्सकहरूले बताएका छन् । पछिल्ला केही दिनयता मौसम धुम्मिँदै जाँदा काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ । वायु प्रदूषण नियन्त्रणका लागि पूर्वतयारी अपनाउनुपर्ने वातावरण विभागको भनाइ छ । यसका लागि घरबाट निस्कने फोहरको उचित व्यवस्थापन, डढेलो नियन्त्रण, सवारीसाधनको अवस्था जाँच तथा वातावरणीय मापदण्डको कडाइका साथ कार्यान्वयन गर्नुपर्ने सुझाव दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्