सुनसरी-१ मा हर्क साम्पाङको अग्रता, गोमा तामाङ १०८२ मतले पछि

काठमाडौँ – सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ मा जारी मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राई साम्पाङले अग्रता कायम गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरानका वडा नम्बर १ देखि ६ सम्मको १५ हजार ३७८ मत गणना सकिँदा साम्पाङले ५ हजार ८९१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) ले ४ हजार ८०९ मत ल्याएकी छन्। यससँगै साम्पाङले १ हजार ८२ मतको अग्रता बनाएका छन्।

यसैगरी अन्य उम्मेदवारमध्ये नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराई (मनोज) ले १ हजार २९१ मत, नेकपा एमालेका टिकाराम लिम्बू ले ९६४ मत, नेपाली कांग्रेसका सुजेन्द्र तामाङ ले ८९५ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठ ले ३७५ मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणामका लागि थप मतगणनाको नतिजा कुर्नुपर्ने भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्