बागलुङ-२ मा कडा प्रतिस्पर्धा: रास्वपा र कांग्रेसबीचको मतान्तर १४४ मत मात्रै

बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ क्षेत्र नम्बर–२ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ। हालसम्म ३८ हजार ३०४ मत गणना भइसकेको अवस्थामा रास्वपाका उम्मेदवार सोम शर्मा १० हजार २६० मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेकराज पौडेल ले १० हजार ११६ मत प्राप्त गरेका छन्। दुवै उम्मेदवारबीच अहिले १४४ मतको मात्र अन्तर रहेको छ।

यसैगरी नेकपाका ज्ञामनाथ गैरे (तारा) ले ८ हजार ७५५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी मञ्जु शर्मा चालिसे (सूर्य) ले ५ हजार ६०९ मत पाएकी छन्।

निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा अझै ९ हजार २२३ मत गणना गर्न बाँकी रहेको छ। बाँकी मतको परिणामले अन्तिम नतिजा कसको पक्षमा जाने भन्ने चासो बढाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्