कालीकोटमा नेकपाका महेन्द्रबहादुर शाही विजयी

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कालिकोट क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का नगीन्द्र शाही ले १० हजार ३५२ मत प्राप्त गरेका छन्। शाहीले उनलाई ९८६ मतान्तरले पराजित गरेका हुन्।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार हर्षबहादुर बम ले ७ हजार १३३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खड्गबहादुर विश्वकर्मा ले ४ हजार ५९९ मत पाएका छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश न्यौपाने ले २ हजार ९३७ मत प्राप्त गरेका छन्।

कालिकोट–१ मा विभिन्न दलबीच कडा प्रतिस्पर्धा भए पनि अन्ततः महेन्द्रबहादुर शाहीले अग्रता कायम राख्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्