काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ७ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुली विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार पराजुलीले २७ हजार ८०५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंले ३ हजार ९८२ मत प्राप्त गरे। त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका वसन्तप्रसाद मानन्धरले ३ हजार ६६७ मत, नेकपा एमालेका प्रकाश श्रेष्ठले ३ हजार ५४४ मत, उज्यालो नेपाल पार्टीकी विमला लामाले १ हजार २२३ मत प्राप्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका लालकुमार लामाले पनि प्रतिस्पर्धा गरेका थिए। ४६ वर्षीय पराजुली रास्वपाको घण्टी चुनाव चिन्हबाट चुनाव लड्दै काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।







