रुकुम पूर्वबाट प्रचण्ड विजयी

काठमाडौँ –  प्रतिनिधिसभा सदस्य चुनावमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ। रुकुम पूर्व जिल्ला बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री प्रचण्ड ६ हजार ७७८ मतान्तरले विजयी हुनुभएको हो।

उहाँले १० हजार २४० मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम् प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का लीलामणि गौतम ले ३ हजार ४६२ मत प्राप्त गर्नुभयो भने नेपाली कांग्रेस की उम्मेदवार कुसुमदेवी थापा ले ३ हजार ८१ मत प्राप्त गर्नुभएको छ।

रुकुम पूर्वमा ३४ हजार ७७२ मतदाता रहेकामा १९ हजार १८८ मत खसेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्