मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ विजयी

काठमाडौँ –  मनाङबाट प्रतिनिधिसभा सदस्यमा टेकबहादुर गुरुङ विजयी हुनुभएको छ।  अन्तिम मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार गुरुङले २ हजार ४१५ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम् प्रतिस्पर्धी यशोदा गुरुङ (सुवेदी) ले ४५४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेल ले जानकारी दिनुभयो।

यससँगै नेपाली कांग्रेस ले हालसम्म प्रतिनिधिसभा निर्वाचनमा २ सिट जित्न सफल भएको छ। यसअघि कांग्रेसले मुस्ताङ जिल्ला बाट पनि विजय हासिल गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्