१३० क्षेत्रमा मतगणना सुरु, रास्वपाको ९४ क्षेत्रमा अग्रता

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये १३० क्षेत्रमा मतगणना सुरु भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले दिउँसो ४ बजे सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार हालसम्म काठमाडौं–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र मुस्ताङमा नेपाली कांग्रेसले जित हासिल गरेका छन् । जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार रास्वपाले ९४ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । यस्तै नेपाली कांग्रेस र नेकपा (एमाले) ले समान १०–१० क्षेत्रमा अग्रता कायम गरेका छन् ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ८ क्षेत्रमा, श्रम संस्कृति पार्टीले २ क्षेत्रमा अग्रता लिएको छ । यसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीले एक–एक क्षेत्रमा अग्रता लिएका छन् भने एक क्षेत्रमा स्वतन्त्र उम्मेदवार अगाडि रहेका छन् । देशभरका विभिन्न स्थानमा मतगणना जारी रहेकाले परिणाम क्रमशः आउने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्