चितवन-२ मा रवि लामिछानेको फराकिलो अग्रता

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो अग्रता थप फराकिलो बनाएका छन् । पछिल्लो मतगणनाअनुसार लामिछानेले १० हजार ८२२ मत प्राप्त गर्दै करिब साढे ७ हजार मतको अग्रता कायम गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले २ हजार २२७ मत प्राप्त गरेकी छन् । यस्तै नेकपा (एमाले) का उम्मेदवार अस्मिन घिमिरेले २ हजार ८४६ मत ल्याएका छन् । चितवन–२ मा मतगणना जारी रहेको छ भने पछिल्लो परिणामअनुसार लामिछानेले प्रतिस्पर्धी उम्मेदवारहरूभन्दा उल्लेख्य मतान्तर बनाउँदै अग्रता कायम गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्