रास्वपाले खोल्यो जितको खाता, काठमाडौँ-१ बाट रञ्जु दर्शना विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खोलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार रास्वपाकी काठमाडौँ क्षेत्र नम्बर १ की उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत प्राप्त गरे । अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रविन्द्र मिश्रले भने ३ हजार ९७२ मत मात्रै प्राप्त गरेका छन् ।

यसैगरी नेकपा एमालेका मोहनराज रेग्मीले १ हजार ६१८ मत, नेपाल कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत र श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत प्राप्त गरेका छन् ।

यस नतिजासँगै रास्वपाले प्रतिनिधिसभा निर्वाचनमा पहिलो जित दर्ता गर्दै आफ्नो उपस्थितिलाई थप बलियो बनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्