काठमाडौं – हिजो सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना देशभर जारी रहेको छ । प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अधिकांश क्षेत्रमा अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म प्राप्त प्रारम्भिक परिणाममा रास्वपाले ३७ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ ।
यस्तै नेपाली कांग्रेसले ५ क्षेत्रमा अग्रता लिएको छ भने नेकपा एमालेले ३ क्षेत्रमा अग्रता बनाएको छ । यसैगरी नेकपाले २ निर्वाचन क्षेत्रमा अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ ।
देशभरका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी रहेकाले आगामी परिणामसँगै अग्रताको अवस्था परिवर्तन हुन सक्ने आयोगले जनाएको छ ।








