स्याङ्जाको बालज्योति आवि मदीखोला मतदान केन्द्रमा मतदान स्थगित

स्याङ्जा । वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालय मदीखोलामा रहेको मतदान केन्द्रमा मतदान स्थगित भएको छ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत रहेको उक्त केन्द्रमा बिहीबार बिहान साढे ११ बजेदेखि मतदान रोकिएको हो। प्रत्यक्षतर्फको मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको विषयलाई लिएर विवाद भएपछि मतदान स्थगित गरिएको जनाइएको छ।

घटनापछि मतदान स्थलमा सुरक्षा सतर्कता बढाइएको छ। नेपाल प्रहरी का अनुसार प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षाकर्मीको टोली खटाइएको छ र अवस्था सामान्य बनाउन पहल भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्