ओखलढुंगाको मानेभञ्ज्याङ–७ मा मतदान बहिष्कार

काठमाडौं । ओखलढुंगा जिल्ला को मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान बहिष्कार गरेका छन्।

प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रान्ती का अनुसार बिहान १० बजेसम्म पनि उक्त केन्द्रमा एक जनाले पनि मतदान गरेका छैनन्।

मानेभञ्ज्याङ–७ स्थित शहीद स्मृति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा ७०१ जना मतदाता भए पनि कोही पनि मतदाता मतदानका लागि केन्द्रमा नपुगेको उनले जानकारी दिए।

सीडीओ मंग्रान्तीले भने, “अहिलेसम्म कोही पनि मतदाता पुग्नुभएको छैन। कसैले पनि मत खसाल्नुभएको छैन।”

स्थानीयले प्रादेशिक अस्पताल निर्माणको माग पूरा नभएको भन्दै आक्रोश व्यक्त गर्दै मतदान बहिष्कार गरेका हुन्। उनीहरूले माग सम्बोधन नभएसम्म मतदान नगर्ने अडान लिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्