काठमाडौं । दोलखा जिल्ला को तामाकोशी गाउँपालिका–४ मालु मतदानस्थलमा विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ।
मतदानका क्रममा विवाद बढ्दै गएपछि निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायर गरेका थिए।
हवाई फायरपछि मतदानस्थलमा नाराबाजी सुरु भएको र अवस्था तनावग्रस्त बनेपछि मतदान अस्थायी रूपमा रोकिएको हो।
हाल घटनाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको छ। बैठकमा स्थिति सामान्य बनाउँदै पुनः मतदान सुरु गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ।







