काठमाडौँ । गगनकुमार थापा ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं–४ मा मतदान गरेका छन्। नेपाली कांग्रेस का सभापति थापाले मैतीदेवी मन्दिर परिसरमा रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
काठमाडौं–४ थापाले लामो समयदेखि चुनाव लड्दै आएको क्षेत्र भए पनि यस पटक उनले सो क्षेत्र छाडेर सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।
यसपालि कांग्रेसले काठमाडौं–४ मा युवा नेता सचिन तिमल्सिना लाई उम्मेदवार बनाएको छ। सभापति थापाले क्षेत्र परिवर्तन गरेर सर्लाही–४ मा उम्मेदवारी दिएपछि काठमाडौं–४ को निर्वाचनलाई पनि विशेष चासोका साथ हेरिएको छ।







