मतदाता परिचयपत्र नभए विकल्पका रूपमा पाँच प्रकारका अन्य परिचयपत्र प्रयोग गर्न सकिने

काठमाडौँ । निर्वाचन आयोग ले मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य रूपमा साथमा लैजान आग्रह गरेको छ।

आयोगका अनुसार मतदाता परिचयपत्र नभए विकल्पका रूपमा पाँच प्रकारका अन्य परिचयपत्र प्रयोग गर्न सकिनेछ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले नेपाली नागरिकता, गाडी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रति बोकेर मतदान केन्द्रमा गई मत हाल्न सक्नेछन्।

आयोगले सहज र व्यवस्थित मतदान सुनिश्चित गर्न आवश्यक कागजातसहित मतदान केन्द्रमा उपस्थित हुन सबै मतदातालाई अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्