प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

काठमाडौँ । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको गृह मन्त्रालय ले जनाएको छ।

आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा, व्यवस्थापन तथा समग्र तयारीबारे समीक्षा गरिएको थियो। बैठकमा सबै जिल्लाबाट निर्वाचनको तयारी पूरा भएको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी गराइएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन्।

मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा जिल्लागत अवस्था, केन्द्रले गर्नुपर्ने समन्वय, सुरक्षा संवेदनशीलता तथा निर्वाचनका दिन अपनाउनुपर्ने सतर्कताबारे विस्तृत छलफल भएको थियो। शान्ति–सुरक्षाको अवस्थाको समीक्षा गर्दै आवश्यक रणनीति अपनाउने समझदारी समेत बनेको जनाइएको छ।

गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई अझ मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्। बैठकमा सबै मतदानस्थलमा कर्मचारी, सुरक्षा संयन्त्र तथा निर्वाचन सामग्री पुगिसकेको जानकारीसमेत दिइएको मन्त्रालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्