इरानको आक्रमणमा युएईमा एक नेपालीको मृत्यु, ५८ जना घाइते

तस्बिरः रोयटर्स

काठमाडौँ। इरानको मिसाइल आक्रमणमा परी युएईमा एक जना नेपाली नागरिकको मृत्यु भएको छ। युएईको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत तीन जनाको ज्यान गएको पुष्टि गरेको छ, जसमध्ये एक नेपाली, एक बंगलादेशी र एक पाकिस्तानी नागरिक रहेका छन्।

घटनामा ५८ जना विभिन्न देशका नागरिक सामान्य घाइते भएका छन्। नेपाली नागरिकको मृत्युबारे आफूहरूले पनि सञ्चारमाध्यमबाट जानकारी पाएको परराष्ट्र मन्त्रालय ले जनाएको छ भने दूतावासमार्फत घटनाको वास्तविक विवरण संकलन भइरहेको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्