नेकपा र रास्वपाका नेता–कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौँ- विभिन्न कम्युनिस्ट पृष्ठभूमि तथा राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध जिल्ला र प्रदेशस्तरीय नेता–कार्यकर्ताहरू आइतबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।

प्रवेश गर्नेहरूमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पूर्व केन्द्रीय सदस्य रवि गौतम ‘प्रभात’ समेत रहेका छन्। उनीसहित अन्य नेता–कार्यकर्तालाई एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादल ले स्वागत गर्नुभयो।

कार्यक्रममा एमालेका युवा नेता तथा बागमती प्रदेश कमिटीका निवर्तमान सदस्य नारायणप्रसाद सापकोटासहितका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी सदस्य तथा काठमाडौँ उपत्यकाका विभिन्न कमिटीमा सक्रिय नेताहरूलाई औपचारिक रूपमा एमालेमा भित्र्याइएको हो।

यसरी एमालेमा प्रवेश गर्नेहरूमा नेकपाबाट १० जना र राष्ट्रिय स्वतन्त्र पार्टी बाट १ जना रहेका छन्। नेकपाबाट प्रवेश गर्नेहरूमा दुई जना बागमती प्रदेश कमिटी सदस्य, चार जना काठमाडौँ जिल्ला कमिटी सदस्य तथा तीन जना टोखा नगर कमिटी सदस्य रहेका छन्। दुई जना उपत्यका बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुन नसके पनि पार्टीको निर्णयअनुसार अघि बढ्ने जनाइएको छ।

रास्वपाबाट बागमती प्रदेश कमिटी सदस्य राजेन्द्र रेग्मी पनि एमालेमा प्रवेश गरेका छन्।

एमालेमा प्रवेश गर्नेहरूको नामावली:

  1. रवि गौतम ‘प्रभात’ – माओवादी पूर्व केन्द्रीय सदस्य

  2. रामकुमार थापा – बागमती प्रदेश कमिटी सदस्य एवं तारकेश्वर नगर इन्चार्ज

  3. भूषण महर्जन – बागमती प्रदेश कमिटी सदस्य

  4. प्रकाश भण्डारी – काठमाडौँ जिल्ला कमिटी सदस्य

  5. श्याम भण्डारी – काठमाडौँ जिल्ला कमिटी सदस्य

  6. संगम वैद्य – टोखा नगर कमिटी सदस्य

  7. राजु लामा – टोखा नगर कमिटी सदस्य

  8. प्रकाश लामा – टोखा नगर सदस्य (हाल वडा सचिव)

  9. राजेन्द्र रेग्मी – रास्वपा, बागमती प्रदेश सदस्य

कार्यक्रममा बोल्दै नेताहरूले मुलुकको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि एमालेको नीति तथा नेतृत्वमा विश्वास व्यक्त गर्दै पार्टी प्रवेश गरेको बताएका थिए। एमाले नेतृत्वले नयाँ प्रवेशीहरूलाई पार्टीभित्र जिम्मेवारीसहित सक्रिय बनाइने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्