काठमाडौँबाट कतारका लागि हवाई उडान स्थगित, दोहा विमानस्थल बन्द

काठमाडौँ । कतारमा हुने हवाई उडान हालका लागि बन्द गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार कतार सरकारले दोहा विमानस्थल तत्कालका लागि बन्द गर्ने निर्णय गरेपछि नेपालबाट हुने उडान स्वतः स्थगित भएको हो।

भुलका अनुसार, “त्यहाँ विमानस्थल बन्द भएपछि यहाँबाट हुने उडान पनि स्वतः रोकिएको छ। संयुक्त अरब इमिरेट्स, कुवेत लगायतका देशका सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक सूचना आएको छैन। हाम्रो तर्फबाट निर्णय हुने विषय नभएकाले हामी खबर पर्खिरहेका छौँ। दोहा भने बन्द नै भएको छ।”

कतारको राजधानी दोहास्थित विमानस्थल बन्द भएसँगै त्यहाँका लागि निर्धारित नियमित तथा चार्टर्ड उडानहरू प्रभावित भएका छन्। सम्बन्धित निकायहरूले यात्रुहरूलाई थप जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्कमा रहन आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्