होर्मोजगानको विद्यालयमा इजरायली आक्रमण, ज्यान गुमाउने विद्यार्थी ४० पुग्यो

Photo: reuters

काठमाडौं । इरानको होर्मोजगान प्रान्तमा रहेको एक विद्यालयमाथि गरिएको इजरायली आक्रमणमा परी ज्यान गुमाउने विद्यार्थीको संख्या ४० पुगेको छ।

दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयलाई लक्षित गरी गरिएको आक्रमणमा ठूलो जनधनको क्षति भएको जनाइएको छ।

आईआरएनएका अनुसार उक्त आक्रमणमा परी मृत्यु हुने विद्यार्थीको संख्या ४० पुगेको पुष्टि गरिएको छ। प्रारम्भमा अल जजीराले पाँच जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको थियो। त्यसपछि मृतक संख्या २४ पुगेको उल्लेख गरिएको थियो भने पछिल्लो विवरणअनुसार उक्त संख्या बढेर ४० पुगेको हो।

यसैबीच, इरानको राजधानी तेहरानसहित देशका विभिन्न सहरहरूमा लगातार विस्फोटका आवाजहरू सुनिएको जनाइएको छ। तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको कार्यालय तथा राष्ट्रपतिको कार्यालयलाई समेत निशाना बनाइएको बताइएको छ।

घटनापछि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्