सुपर–एटमा इंग्ल्यान्डको लगातार तेस्रो जित, न्युजिल्यान्डको सेमिफाइनल यात्रा अनिश्चित

आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर–एट चरणमा हिजो भएको खेलमा इंग्ल्यान्ड क्रिकेट टोलीले न्युजिल्यान्ड क्रिकेट टोलीलाई ४ विकेटले पराजित गरेको छ। श्रीलंकाको कोलम्बोस्थित आर. प्रेमदासा स्टेडियममा भएको खेलमा १ सय ६० रनको लक्ष्य इंग्ल्यान्डले ३ बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो। जवाफी ब्याटिङमा इंग्ल्यान्डले संयमित सुरुआत गर्दै अन्तिम ओभरमा पुगेर लक्ष्य भेट्टायो।

यो खेल न्युजिल्यान्डका लागि ‘गर या मर’ को अवस्थामा थियो। जित हात पारेको भए टोली सीधै सेमिफाइनलमा पुग्ने थियो। तर पराजयसँगै अब न्युजिल्यान्डको यात्रा समूह–२ अन्तर्गत आज हुने पाकिस्तान क्रिकेट टोलीश्रीलंका क्रिकेट टोलीबीचको सुपर–एट खेलको नतिजामा निर्भर रहने भएको छ।

हाल तालिकामा न्युजिल्यान्डको ३ अंक रहेको छ भने पाकिस्तानको १ अंक छ। श्रीलंका भने पहिलो दुई खेलमै पराजित भइसकेको छ। यदि पाकिस्तानले श्रीलंकालाई ६४ रनले हराए वा श्रीलंकाले दिएको लक्ष्य १३ ओभर १ बलभित्र पूरा गरेमा पाकिस्तानले नेट रनरेटमा न्युजिल्यान्डलाई उछिन्न सक्छ।

यता इंग्ल्यान्डले सुपर–एटमा लगातार तेस्रो जित दर्ता गर्दै आत्मविश्वासका साथ सेमिफाइनल यात्रा सुनिश्चित गरिसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्