अब भक्तपुर क्षेत्र नम्बर २ ले पाउनेछ अनुभवी नेतृत्व: नेपाली कांग्रेसका कबिर राणा

भक्तपुर क्षेत्र नम्बर २ ले अब अनुभवी, अध्ययनशील र बहुआयामिक व्यक्तित्वलाई आफ्नो प्रतिनिधिका रूपमा पाउनेभएको छ। नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारको रूपमा कबिर राणा चुनावी मैदानमा उत्रिएका छन् । लामो राजनीतिक संघर्ष, कानुनी अभ्यास र सक्रिय पत्रकारिताको यात्रापछि अब संघीय संसद्मा प्रवेश गर्ने अठोटका साथ जनताको आशिर्वाद लिदैँ मतदातासँगै साक्षात्कारमा ब्यस्त हुनुहुन्छ । उहाँ निर्वाचित भएको खण्डमा भक्तपुर–२ ले अब संघीय संसद्मा सशक्त र अनुभवी आवाज पाउने छ।

वि.सं. २०२३ साल चैत्र २१ गते सूर्यविनायक नगरपालिका–३, बालकोटमा जन्मनुभएका राणा बुवा कोमल विक्रम राणा तथा आमा स्वर्गीय मीनकुमारी राणाका सुपुत्र हुनुहुन्छ। उहाँले पत्रकारितामा डिप्लोमा नयाँ दिल्ली, भारतबाट गर्नुभएको छ। साथै त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य तथा कानुन विषयमा स्नातक उत्तीर्ण गर्नुभएको उहाँले २०५४ सालमै अधिवक्ताको इजाजत प्राप्त गर्नुभएको थियो। कानुन, अर्थशास्त्र र सञ्चार क्षेत्रको अध्ययन तथा अभ्यासले उहाँलाई नीतिगत रूपमा परिपक्व नेतृत्वका रूपमा स्थापित गरेको छ।

उहाँको राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै प्रारम्भ भएको हो। २०३६ सालमा आदर्श माध्यमिक विद्यालयबाट नेपाल विद्यार्थी संघमार्फत राजनीति सुरु गर्नुभएका उहाँ २०३७ सालमा स्ववियू सचिव बन्नुभयो। २०४१ सालमा नेपाल कमर्श क्याम्पस, मीनभवनमा स्ववियू सदस्यमा निर्वाचित हुनुभयो। २०४२ सालको ऐतिहासिक सत्याग्रहमा सहभागी हुँदा उहाँले ६ महिना जेल जीवनसमेत व्यतीत गर्नुभयो, जसले उहाँको लोकतान्त्रिक प्रतिबद्धतालाई झन् सुदृढ बनायो। २०४८ सालमा नेपाली कांग्रेस बालकोट गाविस सभापतिका रूपमा जिम्मेवारी सम्हाल्नुभएका उहाँ २०४९ सालमा जिल्ला विकास समिति भक्तपुरको सदस्य बन्नुभयो। २०५४ सालदेखि हालसम्म पटक–पटक नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको सदस्य, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका रूपमा सक्रिय रहँदै संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। २०५६ देखि २०७० सालसम्म पार्टीको केन्द्रीय प्रचार–प्रसार विभागमा रहेर राष्ट्रिय स्तरमा समेत योगदान पुर्‍याउनुभएको छ।

राजनीतिसँगै पत्रकारितामा पनि उहाँको सशक्त उपस्थिति रह्यो। २०४६ सालदेखि पत्रकारिता प्रारम्भ गर्नुभएका उहाँले देशान्तर साप्ताहिक, पुनर्जागरण साप्ताहिकमा संवाददाता, सन्ध्याकालीन कमान्डर दैनिक, खबर कागज साप्ताहिक तथा खबर पत्रिका साप्ताहिकमा सम्पादकको भूमिका निर्वाह गर्नुभयो। २०५९ सालदेखि हालसम्म देशान्तर साप्ताहिकका प्रधानसम्पादकका रूपमा कार्यरत रहँदै आउनुभएको छ। साथै राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनको बोर्ड सदस्यका रूपमा समेत सेवा गर्नुभएको अनुभव उहाँसँग छ।
अमेरिका, बेलायत, जर्मनी, जापान, भारत, चीन र अस्ट्रेलियालगायत दर्जनभन्दा बढी देशको भ्रमण गरी विकासका विभिन्न मोडेल, शासन प्रणाली र आर्थिक नीतिको अध्ययन गर्नुभएका राणाले ती अनुभवलाई अब भक्तपुर–२ को समग्र विकासमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
अब भक्तपुर क्षेत्र नम्बर २ ले केवल एक प्रतिनिधि मात्र होइन, अनुभव, अध्ययन, संघर्ष र दूरदृष्टि बोकेको नेतृत्व पाउने छ। संघीय संसद्मा नीतिगत बहसदेखि क्षेत्रीय विकासका एजेन्डासम्म सशक्त उपस्थिति जनाउने अपेक्षासहित कबिर राणा आफ्नो नयाँ जिम्मेवारी बोक्ने भन्दै अघि बढ्नुभएको छ।

उहाँले भक्तपुर क्षेत्र नम्बर २ का लगभग सबै वडामा व्यापक घरदैलो अभियान सम्पन्न गर्नुभएको छ । घर–घर पुगेर नागरिकका समस्या, सुझाव र अपेक्षा सुन्नुभएको उहाँले विकास, सुशासन र पारदर्शिताप्रति आफ्नो स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ । स्थानीय बासिन्दाबाट सकारात्मक प्रतिक्रिया, आत्मीय स्वागत र उत्साहजनक साथ पाउनुभएको उहाँप्रति जनविश्वास बलियो देखिएको छ। विभिन्न टोल–बस्तीमा देखिएको सक्रिय सहभागिता र समर्थनले उहाँको जनसमर्थन उल्लेखनीय रूपमा सुदृढ रहेको पुष्टि गरेको छ। जनताको आशिर्वाद अनि आफ्नो एजेण्डा सहित अब भक्तपुर क्षेत्र नम्बर २ ले पाउनेछ कबिर राणालाई ……….

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्