प्रतिनिधिसभा निर्वाचनका लागि सबै क्षेत्रमा सामग्री पुग्यो, मतदाता शिक्षा अभियान जारी

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा आवश्यक सामग्री पुर्‍याइएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फ गरी ४ करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लाका सबै निर्वाचन क्षेत्रमा ढुवानी सम्पन्न भइसकेको छ।

आयोगका अनुसार केही सहायक सामग्री भने सम्बन्धित जिल्लामै व्यवस्थापन गरिनेछ। निर्वाचन अधिकृतको कार्यालयमार्फत मतदान अधिकृतको जिम्मामा सबै आवश्यक सामग्री पठाइने व्यवस्था गरिएको छ।

स्वीकृत कार्यतालिकाअनुसार मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम फागुन ३ गतेदेखि सञ्चालनमा छ। आयोगले जानकारी दिएअनुसार फागुन १७ गतेसम्म देशभरका ७ सय ५३ पालिकाका ६ हजार ७ सय ४३ वडामा मतदाता शिक्षा कार्यक्रम निरन्तर सञ्चालन हुनेछ।

निर्वाचन आचारसंहिता अनुगमन तथा परिपालनालाई प्रभावकारी बनाउन केन्द्रीय आचारसंहिता अनुगमन समितिसहित सम्बन्धित संयन्त्रहरू सक्रिय रूपमा परिचालित छन्।

फागुन ४ गतेदेखि राजनीतिक दलहरूले चुनावी प्रचारप्रसार तीव्र पारेका छन्। प्रचारलाई शिष्ट, मर्यादित र आचारसंहिताअनुरूप बनाउन आयोगले दल तथा उम्मेदवारहरूलाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्