चुनाव सुरक्षाका लागि सातै प्रदेशमा एआईजी खटाइए, ठूला सुरक्षा थ्रेट नरहेको निष्कर्ष

काठमाडौँ – नेपाल प्रहरीले आगामी निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटाएको छ। सुरक्षा व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालय तथा विभिन्न विभागमा कार्यरत सात जना एआईजीलाई प्रदेश कमाण्डको जिम्मेवारी दिइएको हो।

प्रहरीका अनुसार ती एआईजीहरूले निर्वाचन अवधिभर सम्बन्धित प्रदेशमै बसेर मातहतका जिल्लाहरूको समग्र सुरक्षा कमाण्ड सम्हाल्नेछन्। यसअघि निर्वाचन सुरक्षाको तयारीबारे छलफल गर्न पूर्व आईजीपी, निर्वाचन आयुक्तहरू लगायत सरोकारवालाहरूलाई प्रहरी प्रधान कार्यालयमा बोलाएर विशेष बैठकसमेत गरिएको थियो।

यसैबीच, सुरक्षा निकायहरूले आसन्न निर्वाचन विथोलिने गरी कुनै गम्भीर सुरक्षा थ्रेट नरहेको निष्कर्ष निकालेका छन्। मतदानस्थलहरूलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा वर्गीकरण गरेर सुरक्षा रणनीति तयार गरिएको जनाइएको छ।

निर्वाचन नै प्रभावित पार्ने खालको खतरा नभए पनि सम्भावित झडप तथा अवाञ्छित गतिविधिप्रति सजग रहँदै सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा निकायले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्