भक्तपुर-२ मा कांग्रेस उम्मेदवार कविर राणाप्रति जनसमर्थन बढ्दो

 

भक्तपुर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार कविर राणाप्रति जनसमर्थन बढ्दै गएको देखिएको छ। चुनावी अभियानलाई तीव्र बनाएका राणाको घरदैलो तथा भेटघाट कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको हो।

चुनावी प्रचारका क्रममा विभिन्न टोल तथा बस्ती पुग्दा मतदाताले विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विस्तारका विषयमा आफ्ना अपेक्षा राखेका छन्। राणाले ती मागलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै समृद्ध भक्तपुर निर्माणका लागि आफू उम्मेदवार बनेको बताएका छन्।

युवा, महिला तथा ज्येष्ठ नागरिकको उल्लेख्य उपस्थितिले चुनावी माहोल थप तातिएको स्थानीय कार्यकर्ताहरूको भनाइ छ। पछिल्लो समय विभिन्न राजनीतिक दल परित्याग गरी कांग्रेस प्रवेश गर्ने क्रमसमेत बढेको जनाइएको छ।

स्थानीय स्तरमा निरन्तर सक्रियता, सरल स्वभाव र विकासप्रतिको स्पष्ट योजनाका कारण राणाप्रति मतदाताको विश्वास बढ्दै गएको कांग्रेस कार्यकर्ताहरूले बताएका छन्।

भक्तपुर–२ मा चुनावी प्रतिस्पर्धा रोचक बन्दै गइरहेका बेला राणाको अभियानले थप गति लिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्