मार्माको गोल्फाबाट जन्नी गाउँ, माङ्दाङ, छिपान, पथ्थरकाडा पुगे काङ्ग्रेस उम्मेदवार जोशी

दिपक खाती, दार्चुला – नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फका उम्मेदवार उम्मेदवार धर्मानन्द जोशी नेतृत्वको प्रचारप्रसारको टोलिले सोमबार मार्माको वडा नम्बर ५ गोल्फामा घरदैलो तथा काङ्ग्रेसका अगुवा नेता कार्यकर्ता संग भेटघाट गरेर आज मार्मा गाउँपालिका वडा नम्बर ५ कै जन्नी गाउँ हुदै मार्मा ६ को माङ्दाङ,छिपान गाउँमा घरदैलो गरेर पथ्थरकाडा गाउँमा अगुवा कार्यकर्ता संग भेटघाट गरेर निम्ठा हुँदै नौगाडको सिप्टीमा बास बस्न पुगेको तरुणदल दार्चुलाका अध्यक्ष एवं काङ्ग्रेस महासमिति सदस्य सुरेन्द्र बमले जानकारी दिए ।

गोल्फा गाउँमा पुग्दा स्थानीयले न्यानो आतिथ्यताले स्वागत गरेको र नेपाली काङ्ग्रेस अहिले नीति नेतृत्वले परिवर्तन गरेर नयाँ काङ्ग्रेस बनेर आएको र काङ्ग्रेसले परिवर्तनलाई आत्मसात गरेको हुनाले गोल्फाले यसपटक परिवर्तन खोजेको रोजेको र अहिलेको राष्ट्रमा भएको परिवर्तन अनुसार गोल्फाले पनि उम्मेदवार खोजेको हुनाले त्यस्तो उम्मेदवार काङ्ग्रेसले बनाएकोले रुखमा भोट हालेर धर्मानन्द जोशीलाई अत्यधिक मत दिन गोल्फाबासी उत्साही भएको पाएका छौ काङ्ग्रेस जिल्ला सभापति ललित सिंह बोहराले बताए।

मार्माको पथ्थरकाडामा भएको कोणसभामा बोल्दै काङ्ग्रेस महासमिति सदस्य शम्भु प्रसाद जोशीले अन्तर्राष्ट्रिय अनुभव र स्वच्छ छवि बोकेका,इमान्दार व्यक्ति धर्मानन्द जोशीलाई दार्चुला काङ्ग्रेसले उम्मेदवार बनाएकोले दार्चुलाको विकास, शान्ति र सुशासनका लागि रुख चिन्हमा मत दिएर काङ्ग्रेसकाई जिताउन आग्रह गरेका छन्।

घरदैलो तथा भेटघाटमा जनता,मतदाता लाई नेपाली काङ्ग्रेसले मात्रै यो देश सम्हाल्ने,लोकतन्त्र संविधानको रक्षा गर्ने हुनाले र काङ्ग्रेसले योग्य सक्षम ईमान्दार वेदाग व्यक्तित्व भ्रष्टाचार विरुद्ध लड्ने व्यक्ति लाई उम्मेदवार बनाएको हुँदा उत्साहजनक ढंगले रुखमा भोट हाल्न आग्रह गरेको प्रचारप्रसार टोलिमा सहभागी दिवाकर जोशीले बताए ।

नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष तर्फका उम्मेदवार धर्मानन्द जोशीले आफू सांसद बन्न मात्रै नभएर जनताको सेवक बन्न उम्मेदवार बनेकाले जनताको सुखदुःखमा सधै साथ दिने बताउदै दार्चुलाको आवाज संसद सरकारसम्म पुगाउन र दार्चुलाका अवसर सम्भावनाको सदुपयोग गरेर दार्चुला सर्वाङ्गिण विकासको लागी आफू सधै प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गर्दै फागुन २१ मा रुखमा मतदान गर्न अपिल समेत गर्नु भएको छ । यस्तै कार्यक्रममा अगाडी बोल्दै उम्मेदवार जोशीले आफुले शान्ति सुरक्षा सुशासन र मानवअधिकारका क्षेत्रमा काम गरेको अनुभव बटुलेको जिवनमा अभाव दुख गरिबी संग लडेर आएकोले आफु सधै भ्रष्टाचारको विरुद्धमा लड्ने बाचा समेत व्यक्त गर्नु भएको छ । साथै आफुले जनताको घरदैलोमा पुग्दा आफू नयाँ भएकोले जनताबाट अपार स्नेह माया पाएकोले आफुले चुनाव जित्ने निश्चित भएको र आफुले चुनाव जिते सधै जनताको सेवक भएर जनताको मतदाताको मतको अवमूल्यन हुन नदिने र मतदाताको शिर झुक्न नदिने गरि काम गर्ने प्रतिबद्धता गरे ।

प्रचारप्रसार एवं घरदैलो टोलिमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति ललित सिंह बोहरा,काङ्ग्रेस महासमिति सदस्य सम्भु प्रसाद जोशी,प्रदेश क्षेत्रीय कार्यसमिति ख का सभापति केशव बहादुर सिंह,काङ्ग्रेस नेत्री सर्मिला सिंह,महासमिति सदस्य एवं तरुणदल अध्यक्ष सुरेन्द्र बहादुर बम,काङ्ग्रेस नेता दिवाकर जोशी,रामधामी,अशोक धामी लगायत स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्