फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्न बिदा आवश्यक रहेको भन्दै निर्वाचन आयोगले सरकारलाई यसअघि नै आग्रह गरेको थियो। सोही आग्रहअनुसार मतदानको दिनलाई केन्द्रमा राखेर तीन दिन बिदा दिने निर्णय गरिएको जनाइएको छ।

यस निर्णयसँगै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न सहज हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्