चुनावी प्रचारप्रसारमा संलग्न हुने शिक्षक, प्राध्यापकलाई कडा कारबाही हुने चेतावनी

काठमाडौँ – निर्वाचन आयोग नेपालले चुनावी प्रचारप्रसारलगायत गतिविधिमा संलग्न हुने शिक्षण संस्थामा आबद्ध शिक्षक, प्राध्यापक तथा कर्मचारीलाई कडा कारबाही हुने चेतावनी दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कुनै राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा शिक्षक, प्राध्यापक तथा कर्मचारी सहभागी भएको उजुरी प्राप्त भएको उल्लेख गर्दै त्यस्ता व्यक्तिलाई कानून बमोजिम कडा कारबाही गरिने बताउनुभएको हो।

आयोगले निर्वाचन आचारसंहिता तथा कानूनी व्यवस्थाअनुसार उनीहरूको पदसम्म नरहने गरी कारबाही हुन सक्ने व्यवस्था रहेकाले यस्ता गतिविधिमा सहभागी नहुन सम्बन्धितलाई सचेत गराएको छ। साथै, निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने/गराउने कार्यमा केन्द्रित हुन सबै पक्षलाई आग्रह गरिएको छ।

प्रवक्ता भट्टराईका अनुसार जिल्ला आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत, निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा निर्वाचन कार्यालयमार्फत आचारसंहिताको पूर्ण पालना भए/नभएको अनुगमन गर्न पुनः निर्देशन दिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्