काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र भक्तपुर नगरपालिका–९, राधेराधे स्थित सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि.बीच विशेष सहुलियत प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरू तथा कर्मचारीका परिवारका सदस्यहरूले सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरीले प्रदान गर्ने प्याथोलोजी ल्याबका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्नेछन्। डिजिटल कारोबारमार्फत भुक्तानी गर्दा मात्र लागू हुने गरी बिल रकममा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट प्रदान गरिने व्यवस्था गरिएको छ।
मिति २०८२ फागुन ०८ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी तथा ल्यावका तर्फबाट निर्देशक वेद प्रकाश मिश्रले हस्ताक्षर गर्नुभएको हो।
यस सम्झौतामार्फत नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकका ग्राहकहरूले सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ।







