काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा चुनाव हुन नदिने तत्व सक्रिय रहेको दाबी गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले चुनाव भाँड्न खोज्ने तत्वहरूको रणनीति असफल बनाउँदै समयमै चुनाव गराउन सरकार दृढ हुनुपर्ने बताउनुभयो।
कांग्रेसका अनुसार शासनको वैधता नागरिकको मतबाट स्थापित हुन्छ। प्रवक्ता चालिसेले लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै सबै राजनीतिक दलहरूले चुनावमा सहभागी हुनेबाहेक अर्को विकल्प सोच्न नहुने बताउनुभयो।







