हप्ताको पहिलो कारोबार दिन आज शेयर बजारमा उच्च अङ्कको गिरावट

काठमाडौँ – हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अङ्कले घटेको छ। लगातार चार दिनको विदापछि खुलेको बजारमा शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७ दशमलव ५९ अङ्कले घटेर दुई हजार ६१४ दशमलव ५५ विन्दुमा झरेको छ।

आज सबै समूहको शेयर मूल्य घट्दा बजार राताम्मे बनेको छ। विशेषगरी व्यापार समूहको शेयर साढे तीन प्रतिशतभन्दा बढीले घटेको छ। आज बुद्धभूमी नेपाल हाइड्रो, रिडी पावरआखुखोला जलविद्युत कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको छ।

समग्र बजार घटे पनि साल्पा विकास बैंकको शेयरमा भने सकारात्मक सर्किट लागेको छ। यो आइपीओ बाँडफाँड भएर हालै बजारमा किनबेच सुरु भएको शेयर हो।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। यसअघि गएको मङ्गलवार ८ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा आज ३२४ वटा कम्पनीका १ करोड ५९ लाख कित्ता शेयर ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँमा किनबेच भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्