काठमाडौँ- आइतबार बिहान संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु बनाई बिहान ७ः३१ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस गरिएको भए पनि हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ। सम्बन्धित निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन स्थानीयवासीलाई आग्रह गरेका छन्।







