काठमाडौँ । काठमाडौँको गोठाटारस्थित अर्किड प्युपल सेकेण्डरी स्कुलमा जारी विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। सेमिफाइनल चरण पार गर्दै उपाधि नजिक पुगेका विद्यावाणी र एकलब्य शिक्षा सदनबीच आज उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो।
खेल दिउँसो १२ बजेबाट हुनेछ । जसमा पहिलो खेल तृतीय स्थानको लागि हुनेछ । जसमा सेमिफाइनलमा पराजित भएका निर्मल ज्योति स्कुल र विद्या विकास स्कुलबीच हुनेछ । भने उपाधिका लागि फाइनल खेल भने दिउँसो १ बजेबाट हुनेछ । जसमा विद्यावाणी र एकलब्य शिक्षा सदन भिड्नेछन् ।
फाइनल खेलसँगै ‘अर्किड कप’ फुटबल प्रतियोगिताको १०औँ संस्करणको औपचारिक समापन गरिने विद्यालयले जनाएको छ। औपचारिक कार्यक्रमकाबिच समापन गरिने र नगद सहित पुरस्कार वितरण गरिनुका साथै मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै कार्यक्रममा आयोजक विद्यालयको तर्फबाट स्वागत नृत्य सहित अन्य नृत्यहरु समेत प्रस्तुत हुनेछन् ।
आयोजकका अनुसार उपाधि विजेताले ४० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँ, तेस्रो हुने टोलीले १५ हजार रुपैयाँ र चौथो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।







