नेक्सस् इन्टरनेशनल स्कुलमा १४औँ उपत्यकाव्यापी पेन्टिङ प्रतियोगिता सम्पन्न

काठमाडौँ । नेक्सस् इन्टरनेशनल स्कुलको आयोजनामा आयोजित १४औँ उपत्यकाव्यापी पेन्टिङ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिताबीच प्रतियोगिता सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम स्थान वेस्ट ग्रुप भिजनले हासिल गरेको छ भने दोस्रो स्थान ओम ज्ञान मन्दिरले प्राप्त गरेको छ। त्यस्तै तेस्रो स्थान पनि वेस्ट ग्रुप भिजनले नै हात पारेको छ। सान्त्वना पुरस्कार अर्किड पुपिल स्कुल र भ्याली भ्यू स्कूलले प्राप्त गरेका छन्।

यसैबीच नेक्सस् इन्टरनेशनल स्कुलका विद्यार्थीहरूबीच आन्तरिक प्रतिस्पर्धासमेत आयोजना गरिएको थियो। आन्तरिक प्रतिस्पर्धामा कक्षा ८ का स्वयम बिसुन्खे प्रथम भएका छन् भने कक्षा ९ की श्रीयानसी न्यौपाने दोस्रो भइन्। कक्षा ८ की हन्समी खड्का तेस्रो भइन्।

सान्त्वना पुरस्कार कक्षा ६ की सायरा महत तथा कक्षा ८ की कृतिका अधिकारीले प्राप्त गरेका छन्।

प्रतियोगिताले विद्यार्थीहरूमा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्नुका साथै कला प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरेको विद्यालयका प्रिन्सिपल आरबी कटवालले जानकारी दिनुभयो । दुई दिन सम्म अभिभावक दिवस आयोजना गरेको नेक्सस् इन्टरनेशनल स्कुलले तेस्रोदिन पेन्टिङ प्रतियोगिता सम्पन्न गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्