काठमाडौँ । काठमाडौँको गोठाटारमा अर्किड प्युपल सेकेण्डरी स्कुलमा जारी विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिता आज रोमाञ्चक सेमिफाइनल चरणमा प्रवेश गर्दैछ। फागुन १ गतेदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै अन्तिम चार टोलीको टुंगो लागेको हो।
आज हुने पहिलो सेमिफाइनल खेलमा निर्मल ज्योती र विद्यावाणी आमनेसामने हुँदैछन्। दुवै टोलीले क्वाटरफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्।
त्यस्तै दोस्रो सेमिफाइनलमा विद्या विकासर एकलव्य स्कुलबीच प्रतिस्पर्धा हुनेछ। दुबै टोली उपाधि नजिक पुग्न जितका लागि मैदान उत्रने तयारीमा छन्।
प्रतियोगिता उपाधि होडमा प्रवेश गरेसँगै प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ। यही फागुन १० गते भव्य समारोहका बीच फाइनल खेलसहित १०औँ संस्करणको ‘अर्किड कप’ समापन हुनेछ।
प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरूले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।







