रुफ टप खोलेर र झ्याल बाहिर मुन्टो निकालेर चुनावी कार्यक्रम नगर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । ओमप्रकाश अर्यालले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै चार पाङ्ग्रे सवारीसाधनको रुफ टप खोलेर तथा झ्याल बाहिर मुन्टो निकालेर चुनावी कार्यक्रम नगर्न निर्देशन दिएका छन्। बिहीबार देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सुरक्षा निकाय प्रमुखहरूलाई एकैपटक निर्देशन दिँदै गृहमन्त्री अर्यालले यस्तो गतिविधि नगर्न सचेत गराएका हुन्।

रवि लामिछानेबालेन शाहले उक्त शैलीमा चुनावी अभियान चलाएपछि गृहमन्त्रीले सुरक्षाको दृष्टिले त्यसप्रति ध्यानाकर्षण गराएका हुन्। गुडीरहेको चार पाङ्ग्रे सवारीसाधनबाट मुन्टो निकाल्दा दुर्घटना हुनसक्ने तथा अन्य सुरक्षा चुनौती उत्पन्न हुनसक्ने निष्कर्ष गृहमन्त्रीको रहेको छ।

गृह मन्त्रालय स्रोतका अनुसार बिहीबार दिइएको उक्त निर्देशन नेपाल प्रहरीलाई परिपत्रसमेत गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्