धरहराको सञ्चालन जिम्मा काठमाडौँ महानगरलाई दिने तयारी

काठमाडौँ । काठमाडौँको सुन्धारास्थित ऐतिहासिक धरहराको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई दिने तयारी गरिएको छ।

संघीय सरकार र महानगरपालिकाबीच हिजो भएको छलफलले धरहराको हस्तान्तरण, सञ्चालन र व्यवस्थापन प्रक्रियाबारे अध्ययन गर्न तत्काल अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो।

महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले धरहराको व्यवस्थापन जिम्मेवारी महानगरलाई हस्तान्तरण गर्न आवश्यक अध्ययनका लागि समिति गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार धरहराको पार्किङ तथा सञ्चालनको ठेक्का लिएको निजी कम्पनीलाई कुनै असर नपर्ने गरी अध्ययन गरी निष्कर्ष निकालिनेछ र सोही आधारमा अगाडि बढिनेछ।

छलफलमा धरहराको बेसमेन्ट पार्किङ व्यवस्थापनसमेत महानगरलाई दिने विषयमा सहमति भएको बताइएको छ। महानगरपालिकाले न्युरोड क्षेत्रलाई ‘नो पार्किङ जोन’ घोषणा गरी कार्यान्वयन गरिरहेको सन्दर्भमा धरहरामा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने योजना रहेको कार्यवाहक मेयर डंगोलले बताउनुभयो।

यसका साथै सुन्धारा क्षेत्रमा पानी आपूर्ति र ढल निकास व्यवस्थापनको कामसमेत महानगरपालिकाले नै गर्ने निर्णय भएको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्