अर्किड कपः आजको खेलमा अर्किड, गेटवे, एजिएम, लाइसियम, विद्यावाणी र एकलब्यको जित

काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा-९, गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा अर्किड खेल मैदानमा जारी विद्यालयस्तरीय ‘अर्किड कप’ फुटबल प्रतियोगिताअन्तर्गत आज भएका विभिन्न खेलहरूमा प्रतिस्पर्धात्मक प्रदर्शन देखिएको छ। आयोजक अर्किड प्युपल सेकेण्डरी स्कुलका विद्यालय संयोजक नरेन्द्र प्रसाद पाण्डेयका अनुसार दिनभरि सम्पन्न खेलहरू उत्साहजनक ढंगले भएका छन् ।

गेटवे एकेडेमी र ग्रीनवीचबीच भएको खेलमा गेटवे २-१ गोलले विजयी भयो। ग्रीनवीचका रोहित प्रधान उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भए। एजिएम स्कुल र लर्ड लाइट स्कुलबीचको खेलमा एजिएम ३-१ गोल अन्तरले विजयी रह्यो। यद्यपि लर्ड लाइटका थिलेन लामा ‘म्यान अफ द म्याच’ घोषित भए। यस्तै, एकलब्य शिक्षा सदन र किन्सबीचको खेलमा एकलब्यले ५-० को फराकिलो जित हात पार्यो। किन्सका दिवश गुरुङ् ‘म्यान अफ द म्याच’ घोषित भए।

लाइसियम र बेष्ट ग्रुप भिजन स्कुलबीचको खेल १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा लाइसियम ४-३ गोल अन्तरले विजयी भयो भने बेष्ट ग्रुपका सागर श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए। विद्यावाणी र कस्तुप एकेडेमीबीचको खेलमा विद्यावाणी ३-० ले विजयी रह्यो। कस्तुपका अशोक चन्द उत्कृष्ट खेल प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ बने। एकलब्य र एजिएमबीच भएको अर्को प्रतिस्पर्धात्मक खेलमा एकलब्य १-० ले विजयी भयो। एजिएमका निखिल परियार ‘म्यान अफ द म्याच’ घोषित भए।

यसैगरी आयोजक अर्किड प्युपल सेकेण्डरी स्कुल र लिम्पिया स्कुलबीचको खेलमा अर्किड १-० ले विजयी भयो। लिम्पियाका अविशेक वाइवा ‘म्यान अफ द म्याच’ घोषित भए। प्रतियोगितामा सहभागी विद्यालयहरूबीचको उत्साहजनक प्रतिस्पर्धाले विद्यार्थी खेलाडीहरूको प्रतिभा उजागर गरेको आयोजक विद्यालयका प्रिन्सिपल सिबी कार्कीले बताउनुभयो । प्रतियोगिता आगामी चरणका खेलहरूसहित निरन्तर अघि बढ्नेछ। भोलिदेखि क्वाटरफाइनका खेल हुनेछन् । जसमा ८ विद्यालय टिमबीच हुनेछ । भने पर्सिदेखि सेमिफाइनलका खेल हुनेछन् । यसरी यहि फागुन १० गते भव्य समारोहकाबिच फाइनल खेल सहित १० ‌औँ संस्करणको अर्किड कप समापन हुनेछ ।

यस अवसरमा विद्यालयका निर्देशक प्रेम कुमार भुजेलले खेलकुदले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता र टोलीभावना विकास गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “पढाइसँगै अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता नै समग्र व्यक्तित्व विकासको आधार हो। ‘अर्किड कप’ जस्ता प्रतियोगिताले विद्यार्थीलाई आत्मविश्वासी र प्रतिस्पर्धी बनाउँछ।” उहाँले आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यवस्थित र व्यापक बनाउने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयस्तरबाटै खेल प्रतिभा पहिचान र प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्