घरदैलो अभियानमा सकारात्मक प्रतिक्रिया आएको छः प्रतिनिधि सभा सदस्य उम्मेदवार जोशी

दार्चुला – काङ्ग्रेस दार्चुलाको तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फका उम्मेदवार धर्मानन्द जोशी नेतृत्वकोबप्रचारप्रसारको टोलिले आज मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ४ को एऐरिछाना,औतालेक,वडा नम्बर ५ को मलतडी,डाडाकोट गाउँ बस्तीमा आम मतदाता,काङ्ग्रेसका अगुवा नेता,कार्यकर्ता संग चुनाव लक्षित भेटघाट तथा घरदैलो गरेर कोणसभा गरेको नेपाली काङ्ग्रेस महासमिति पदम राज पन्तले बताएका छन् ।

कोणसभामा बोल्दै नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि एवं पुर्व मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र धामीले दार्चुलामा काङ्ग्रेसले उम्मेदवार चयन गर्दा दार्चुलाको भूगोल र दार्चुलेलीको भावनालाई आत्मसात गरेर योग्य,सक्षम,ईमान्दार,अन्तर्राष्ट्रिय अनुभव र स्वच्छ छवि बोकेका परोपकारी व्यक्ति,समाजसेवामा समर्पित व्यक्ति धर्मानन्द जोशी लाई प्रत्यक्ष तर्फ र लामो समय शिक्षा क्षेत्रमा योगदान गरेका,जिल्ला समन्वय समितिको नेतृत्व सम्हालेका बौद्धिक,शालिन र भ्रद व्यक्तित्व करबिर बहादुर कार्कीलाई समानुपातिक उम्मेदवार बनाएकाले दार्चुलाको विकास,दार्चुलेली जनताका आवाज संसद,सरकारसम्म पुगाउन काङ्ग्रेसको रुख चिन्हमा मतदान गरेर काङ्ग्रेस जिताउनु पर्ने काङ्ग्रेस महाधिवेशन प्रतिनिधि नरेन्द्र धामीले बताए ।

यस्तै कोणसभामा आफ्ना कुरा राख्दै नेपाली काङ्ग्रेस सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य मदन गिरिले गगन थापा फुत्त कतैबाट झरेर अचानक नेता बन्न आएका होइनन यहाँसम्म आइपुग्न उनको ठुलो संघर्ष छ, त्याग छ, समर्पण छ, लोकतन्त्र र नागरिक प्रतिको दरिलो प्रतिबद्दता छ, केही राम्रो गरौ भन्ने हुटहुटी छ, भिजन छ , अझ सुन्दर कुरा सबै पुस्तालाई जोडन सक्ने ल्याकत पनि उनी सङ्ग छ । जेन्जी आन्दोलनको भावना लाई आत्मसात गर्दै जोखिमपुर्ण विशेष महाधिवेशन मार्फत नेपाली काँग्रेस लाइ समेत पुर्ण रुपमा बदलेर आएका छन गगन । यो पटक देशलाई एकताबद्द बनाएर हामीले चाहेको सुशासन र समृद्दीको बाटोमा अगि बढन जिम्मेवार र जवाफदेहि , भिजन र मिसन भएको समय सापेक्ष र आवस्यकता अनुसार सोच बदल्न सक्ने सहासी, बिद्रोहि र आटिलो जनता र राष्ट्रमुखी नेतृत्व मात्रै देश को अबिभावाक बन्न सक्छ गगन थापा मा यी सबै गुण गगन थापालाई प्रधानमन्त्री बनाउन प्रत्यक्ष र समानुपातिक दुई वटै मतपत्रमा रुख चिन्हमा छाप लगाई काङ्ग्रेस लाई जिताउन आवश्यक रहेको काङ्ग्रेस प्रदेश कार्यसमिति सदस्य गिरिले बताए ।

मालिकार्जुनको वडा नम्बर ४ र ५ को विभिन्न गाउँमा पुग्दा जनताले काङ्ग्रेसले जितेको बेला विकासको अनुभुती गर्न पाएको र काङ्ग्रेसकै नेतृत्वमा स्थानीय सरकार हुँदा हाम्रा गाउँमा सडक पुगेको,सिचाइ पुगेको तर एमाले जितेको बेला काङ्ग्रेसले बनाएको सडक न स्तरोन्नति गर्यो नत नयाँ विकास निर्माणको काम सुरु गरेको अनुभुती जनता पाए त्यसैले जनताले यो चुनावमा मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ४ र ५ बाट सत्तामा गएर विकासको सिन्को नभाच्ने र स्वार्थी अवशरवादी भन्दा विकासवादी सोच भएका स्वच्छ छवि भएका नयाँ व्यक्ति नयाँ सोच भएका काङ्ग्रेस उम्मेदवार धर्मानन्द जोशीलाई रुखमा मतदान गरेर जिताउन तयार रहेको मालिकार्जुन वडा नम्बर ४ का स्थानीय जगत धामीले बताए ।

यस्तै वडा नम्बर ५ मलतडीका ईश्वर राम लुहारले एमालेले चुनाव जित्दा नातावाद आफान्तवाद हेर्ने र आम जनता भन्दा पार्टीको कार्यकर्ता पालनपोषण मात्रै गर्ने गरेको र एमाले नेतृत्वको स्थानीय सरकारले आफू संग योग्यता हुँदाहुदै विनाकारण राजनैतिक प्रतिशोध राखेर आफुलाई पालिकाको शिक्षक सहजकर्ताको जागीरबाट हटाएर आफ्नो रोजिरोटी खोसेर,घरको चुलो बन्द गरेर गरिबको पेटमा लात हानेकोले जागीर खोस्ने एमालेलाई चोट र गरिब विपन्नको लागि विभिन्न सामाजिक सेवा गरेका समाजसेवी धर्मानन्द जोशीलाई भोट दिने बताए ।


यस्तै भेटघाट कार्यक्रममा आफ्नो कुरा राख्दै काङ्ग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष तर्फका उम्मेदवार धर्मानन्द जोशीले आफू सन् २००६ देखि २००९ सम्म संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय सेवाअन्तर्गत शान्ति र राजनीति क्षेत्रमा तथा त्यसपछि २०१९ सम्म अफगानिस्तान र इराक लगायतका देशमा द्वन्द्व व्यवस्थापनमा रहेर काम गरे। मानवीय मामिला, मानव अधिकार मामिला, राजनीतिक र चुनावी मामिलामाका लागि भारत, थाइल्याण्ड, मौरिसस, संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, इटाली, स्विट्जरल्याण्ड, युएई, कतारलगायत देशमा पुगेर तालिम प्राप्त गरेको अनुभव बटुलेर विभिन्न सामाजिक कार्यपछि नीति निर्माण क्षेत्रमै पुगेर शिक्षा, स्वास्थ्य, मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अठोट सहित म सांसदको उम्मेदवार भएको बताए । भेटघाट कार्यक्रममा आफ्ना कुरा राख्दै काङ्ग्रेस उम्मेदवार जोशीले भने मैले जीवनमा धेरै परीक्षा दिएको छु। दार्चुलाको सुधारका लागि यसपटक अन्तिम विषयको परीक्षा दिनका लागि म नेपाली काङ्ग्रेसको तर्फबाट रुख चिन्ह लिएर उम्मेदवार भएकोले जनताको स्नेह माया आशिर्वादले म सांसद बन्ने अवसर पाए भने म सांसद होइन तपाईको सेवक बनेर सधै राष्ट्र जनता र लोकतन्त्रको पक्षमा उभिएर तपाई मतदाताको मत विश्वासको कदर गर्दै सधै सुशासनका लागी भ्रष्टाचार विरुद्ध लड्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु काङ्ग्रेस उम्मेदवार जोशीले भने ।

घरदैलो तथा भेटघाट कार्यक्रममा नेपाली काङ्ग्रेसका सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य मदन गिरि,महासमिति सदस्य पदम राज पन्त,महाधिवेशन प्रतिनिधि एवं पुर्व मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी,नेपाली काङ्ग्रेस मालिकार्जुन गाउँपालिका सभापति किसन सिंह धामी सामन्त लगायत जिल्ला,पालिका,वडाका काङ्ग्रेस नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्