रास्वपाले आज सुर्खेतबाट वाचापत्र सार्वजनिक गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज आफ्नो वाचापत्र सार्वजनिक गर्ने भएको छ। पार्टीले सुर्खेतमा आयोजना गर्ने ‘परिवर्तन उद्घोष सभा’ मार्फत वाचापत्र सार्वजनिक गर्न लागेको हो।

सुर्खेतको घण्टाघर चोकमा मध्यान्ह १२ बजे सुरु हुने सभालाई पार्टीका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन शाह ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

रास्वपाले निर्वाचन लक्षित अभियानलाई तीव्रता दिँदै विभिन्न जिल्लामा ‘परिवर्तन उद्घोष सभा’ गर्दै आएको छ। यसअघि पार्टीले बुधबार धनगढीमा पनि यस्तै सभा आयोजना गरेको थियो।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिने वाचापत्रमा सुशासन, पारदर्शिता, आर्थिक सुधार र रोजगारी सिर्जनाजस्ता विषयलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्