नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फका उम्मेदवार उम्मेदवार धर्मानन्द जोशी नेतृत्वको प्रचारप्रसारको टोलिले आज महाकाली नगरपालिकाको वडा नम्बर ९ को दत्तु,साकार,थाप्ला,उलेनी ,खोली र वेत गाउँमा आम मतदाता,काङ्ग्रेसका अगुवा नेता कार्यकर्ता संग निर्वाचन लक्षित भेटघाट तथा अन्तरक्रिया गरेको दार्चुला काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि एवं तरुण दल दार्चुलाका अध्यक्ष सुरेन्द्र बमंले जानकारी दिएका छन् ।
भेटघाट तथा घरदैलो कार्यक्रममा जनताले परिवर्तन खोजेको र परिवर्तनको मर्म भावना लाई काङ्ग्रेसले आत्मसात गरेर पार्टी बदलेर देश बदल्ने संकल्प सहित काङ्ग्रेसले नीति नेतृत्व परिवर्तन गरेर दार्चुलामा नयाँ अनुहार अहिलेसम्म कुनै बदनाम नभएको वेदाग ईमानदार स्वच्छ छविको धर्मानन्द जोशीलाई उम्मेदवार बनाएकोले काङ्ग्रेस उम्मेदवार प्रति गाउँ गाउँमा जनताको उत्साह,विस्वास,भरोसा र समर्थन बढ्दै गएको नेपाली काङ्ग्रेस प्रदेश क्षेत्रीय कार्यसमिति क का सचिव पुष्कर जोशीले जानकारी दिएका छन् ।
महाकालीको वडा नम्बर ९ को विभिन्न गाउँमा पुग्दा जनताले काङ्ग्रेसले जितेको बेला विकासको अनुभुती गर्न पाएको र काङ्ग्रेसकै नेतृत्वमा स्थानीय सरकार हुँदा हाम्रा गाउँमा सडक पुगेको,सिचाइ पुगेको तर एमाले जितेको बेला काङ्ग्रेसले बनाएको सडक न स्तरोन्नति गर्यो नत नयाँ विकास निर्माणको काम सुरु गरेको अनुभुती जनता पाए त्यसैले जनताले यो चुनावमा महाकाली नगरपालिकाको वडा नम्बर ९ बाट सत्तामा गएर विकासको सिन्को नभाच्ने र स्वार्थी अवशरवादी भन्दा विकासवादी सोच भएका स्वच्छ छवि भएका नयाँ व्यक्ति नयाँ सोच भएका काङ्ग्रेस उम्मेदवार धर्मानन्द जोशीलाई रुखमा मतदान गरेर जिताउन तयार रहेको महाकाली वडा नम्बर ९ का स्थानीय जगत ढाटले बताए ।
यस्तै भेटघाट कार्यक्रममा बोल्दै दार्चुला कांग्रेसका कोषाध्यक्ष हंस राज भट्टले अहिले देशको वर्तमान राजनीतिक अन्योल र अस्थिरताको अवस्थालाई अनत्य गर्न र देशमा स्थायीत्व,शान्ति सुशासन कायम गर्दै संविधान,लोकतान्त्रको रक्षा गर्नका लागी देशमा काङ्ग्रेसको सरकार हुनुपर्ने आवश्यक रहेकोे बताए साथै काङ्ग्रेसले जेन्जी आन्दोलनको मर्म भावनालाई आत्मसात गर्दै आफ्नो गल्ती स्विकार्दै पार्टीमा रुपान्तरण,हस्तान्तरण गर्दै पार्टीको निति नेतृत्व बदलेर देश बदल्नको लागी स्पष्ट दृष्टिकोण भएको,देशलाई सहि नेतृत्व दिन सक्ने व्यक्ति गगन थापा नै भएकाले गगन थापालाई प्रधानमन्त्री बनाउन दार्चुलाबाट धर्मानन्द जोशीलाई लाई जिताउनुपर्ने कांग्रेसका कोषाध्यक्ष भट्टले बताए ।
भेटघाट तथा घरदैलो कार्यक्रममा काङ्ग्रेस जिल्ला कार्यसमिति दार्चुलाका कोषाध्यक्ष हंसराज भट्ट,तरुणदल जिल्ला अध्यक्ष सुरेन्द्र बहादुर बम,प्रदेश क्षेत्रीय कार्यसमिति क का सचिव पुष्कर जोशी,महाधिवेशन प्रतिनिधि सुना बोहरा,काङ्ग्रेस नेता महेन्द्र बडु,नेविसंघ दार्चुला उपाध्यक्ष भुवन धामी,नेविसंघ नेता अजय महरा लगायत महाकाली नगरपालिका वडा नम्बर ९ का काङ्ग्रेसका अन्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।







