कक्षा १२ को परीक्षा बैशाख १४ गतेदेखि सुरु हुने

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्ड ले कक्षा १२ को वार्षिक परीक्षा आउँदो बैशाख १४ गतेदेखि सञ्चालन हुने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ।

बोर्डका अनुसार परीक्षा बैशाख १४ गते सोमबारदेखि सुरु भई २७ गते आइतबारसम्म सञ्चालन हुनेछ। परीक्षा प्रत्येक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिने जनाएको छ।

यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) भने आउँदो चैत्र १९ गतेदेखि सुरु हुने तालिका रहेको बोर्डले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्