नेपाल बैंक र एभरेष्ट हस्पिटल प्रा.लि. बीच सम्झौता

काठमाडौँ- नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड मा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरू तथा कर्मचारीका परिवारलाई काठमाडौं नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटल प्रा.लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकका कर्मचारी तथा उनीहरूका परिवारलाई अस्पतालले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा लाग्ने बिल रकममा ५ देखि २० प्रतिशतसम्म छुट प्रदान गरिने व्यवस्था गरिएको छ। यस सुविधाबाट लाभग्राहीहरूले गुणस्तरीय स्वास्थ्य सेवा सहुलियत दरमा प्राप्त गर्न सक्ने विश्वास गरिएको छ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख वित्त अधिकृत श्री दीपेन्द्र राज काफ्ले र एभरेष्ट हस्पिटल प्रा.लि.का तर्फबाट सञ्चालक समितिका सदस्य श्री सैलेन्द्र महासेठले हस्ताक्षर गर्नुभएको थियो।

यस सहकार्यले नेपाल बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवार तथा बैंकका ग्राहकहरूलाई सहज, सुलभ र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्