दार्चुला – प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार धर्मानन्द जोशी तथा समानुपातिक उम्मेदवार करबिर बहादुर कार्की सहितको प्रचारप्रसार टोलीले महाकाली नगरपालिका–४ खलंगा बजार, बंगाबगड तथा वडा नम्बर ५ मोहती क्षेत्रमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
घरदैलो अभियानका क्रममा उम्मेदवार जोशीले आफूले विकास, सुशासन र जनताको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीयवासीले “अरूलाई पटक–पटक हेर्यौं, यसपटक धर्मानन्दलाई हेर्छौं” भन्ने प्रतिक्रिया दिएको प्रचार टोलीले जनाएको छ।
उम्मेदवारहरूले देशमा शान्ति, स्थिरता, संविधान र लोकतन्त्रको रक्षा गर्न कांग्रेसको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन्। भेटघाटका क्रममा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र रोजगारीका विषयमा स्थानीयसँग अन्तरक्रिया गरिएको थियो।
यसैबीच, भोलि महाकाली नगरपालिकाको वडा नम्बर ६ को निशिलमा तथा वडा नम्बर ७ को धापमा र वडा नम्बर ८ को धौकोटमा मतदाता एवं पार्टीका नेता कार्यकर्तासंग भेटघाट गर्ने कार्यक्रम रहेको छ







