सर्लाहीको मलंगवा नगरपालिका-१० देवीटोलमा गोली प्रहारबाट एक इन्जिनियरको मृत्यु

सर्लाही – सर्लाहीको मलंगवा नगरपालिका-१० देवीटोलमा गोली प्रहारबाट एक इन्जिनियरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाही का अनुसार २०८२ साल फागुन ३ गते बेलुका करिब ८ बजेर ५ मिनेटमा सिरहा जिल्ला सुखीपुर नगरपालिका-६ बैशाखा घर भई हाल मलंगवा–१० मा डेरा गरी बस्दै आएका जिल्ला पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय प्रमोद कुमार यादवमाथि अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन्।

घर अगाडिको प्यासेजमा गोली लागेर लडिरहेको अवस्थामा उनलाई उनकी श्रीमतीले देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो। जानकारी प्राप्त हुनासाथ प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का को कमाण्डमा २५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

गम्भीर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएको थियो। तर राति ८ बजेर ३७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनास्थल जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट करिब २ किलोमिटर उत्तरमा पर्छ। गोली प्रहार गरी फरार भएका व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्